काठमाडौ,कतारकाे लुसैल स्टेडियममा जारी विश्वकप फुटवलकाे सेमिफाइनलमा क्राेयसियालाई ३-० ले हराउदै २ पटककाे विश्व च्याम्पियन तथा काेपा अमेरिकी च्याम्पियन अर्जेन्टिना २०१४ पछि विश्वकप फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ। याे जीतसँगै अर्जेन्टिनाले विश्वकप २०१८ मा समूहगत चरणमा क्रेायसियासँगकाे ३-० काे हारकाे बदला समेत लिएकाे छ। अर्जेन्टिनाकाे जीतमा खेलकाे ३४ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत पहिलाे गाेल गरेका थिए…