रीताथाम्सुहाङ/हिलिहाङ,पाँचथर ,११असाेज,पाँचथरका अकबरे खुर्सानी उत्पादक किसानहरुले अकबरे खुर्सानीकाे उचित मूल्य नपाएकोले याे दशै राम्रोसँग मनाउन नपाउने गुनासाे गरेका छन्। अघिल्लो वर्षसम्म प्रतिकिलो सरदर रु२८०/-मा विक्रीभएकाे कारण मनग्गे कमाई गर्न सफल हिलिहाङका किसानहरु अकबरे खाेर्सानीकाे खेतीमा आकर्षित भएका थिए । हिलिहाङ गाउँपालिकाकाे वडा नं १,२,३,४,५,६ लगायतका वडाहरु अकबरे खुर्सानीकाे पकेट क्षेत्र मानिन्छ ।व्यावसायिक अकबरे खेती गर्नुहुने…