१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मेची अन्चलकै पहिलाे इन्जिनियरिङ कलेज विर्तामोडमा संचालन हुने,आवेदन कार्तिक -७ गते सम्म दिन पाइने।



रीता थाम्सुहाङ/नयाँ बसपार्क ,विर्तामोड ,७ असाेज,अन्तत:धेरै समयकाे प्रतिक्षापछि झापा,विर्तामोड स्थित नयाँ बसपार्कमा मेची अन्चलकै पहिलाे इन्जिनियरिङ कलेजकाे रुपमा पाथीभरा सेन्टर फर एडभान्स स्टडिज(पिसिए) सन्चालनमा आउने भएकाे छ।

पूर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त साे पाथीभरा इन्जिनियरिङ कलेजमा बि.इ.(सिभिल ),बि.इ.(इलेक्ट्रोनिक ),बि.इ.(कम्प्युटर )मा ४८,४८ जना विद्यार्थी भर्ना लिइने र प्रवेश परिक्षाकाे आवेदन फाराम यहि असाेज ३० गतेसम्म वितरण गरिने तथा दाेब्बर दस्तुर तिरेर कार्तिक ७गतेसम्म आवेदन दिन सकिने कलेज प्रशासनले जनाएको छ।

प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गरिने पाथिभरा सेन्टर फर एडभान्स स्टडिज(पिसिए)मा शुल्क सम्बन्धमा अन्य कलेजजस्तै शुल्क  रहने कलेजले जनाएको छ।

बर्षौ पहिले भवन लगायत पूर्वाधार स्थापना गरिएपनि कलेज संचालन हुने नहुने निश्चित नहुदां इन्जिनियरिङ अध्ययन गर्न बाहिरिनु पर्ने बाध्यता हट्नुकाे साथै इन्जिनियरिङ र मेडिकल हबकाे रुपमा पूर्वकाे व्यापारिक शहर विर्तामोड परिचित रहनु सुखद पक्ष रहेकाे जनाइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ५५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र