धरान । पूर्वको मदन पुरस्कारको रुपमा चिनिने विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट गरिएको छ ।
रु २ लाख पुरस्कार राशीको यो कृति पुरस्कारमा पाँचथर, हिलिहाङका उपन्यासकार मनु योङहाङको उपन्यास “सेक्मुरी फूल” पर्न सफल भएको छ ।
अन्य कृतिहरुमा तेजबहादुर गुरुङ (च्हाक्लीतमु) को मुक्तकसङ्ग्रह ‘विन्तीपत्र’, हङकङका जुनु दिव्या रानाको निबन्धसङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’, र इलामका कवि दीपेन्द्र आचार्यको कवितासङ्ग्रह ‘पृथ्वीको व्यापार’ छन् ।
यसरी नै कृष्ण उदासीको कवितासङ्ग्रह ‘पानीको पर्खाल’, भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’, हङकङका कथाकार सुरेश यक्सोको कथासङ्ग्रह ‘पेनिवा’, मेघनाथ दाहालको उपन्यास ‘साँघु’, दावा योन्जनको कवितासङ्ग्रह ‘जङ्गली फूल’ र कुबेरचन्द्र दाहालको उपन्यास ‘टिस्टा–रङ्गीत’ रहेको बताइएको छ। ।
‘विमल गुरुङ कृति पुरस्कार’को राशि दुई लाख रुपैयाँसहित ताम्रपत्र र दोसल्ला रहेको छ । यस वर्ष पुरस्कारका लागि ५२ वटा पुस्तक प्राप्त भएको समितिले जनाएको छ ।
यसैगरी, समितिले राष्ट्रिय कविता महोत्सवका लागि १० उत्कृष्ट कवितामा ताप्लेजुङका लेकाली कान्छा ‘मुक्कुम’को ‘घामको जन्म’, सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘चेतावनीको अन्तिम हरफ’, भोजपुरका जीवन समिपको ‘बाटाहरू’ र सुनसरीकी जमुना क्षेत्रीको ‘नयाँ सपना नयाँ क्षितिज’ रहेका छन् ।
त्यस्तै, भोजपुरकी रोजिना विश्वकर्माको ‘रित्तो थालीको राष्ट्रगान’, सिन्धुलीका निरुपम श्रेष्ठको ‘एउटा इच्छापत्र’, मोरङकी पवित्रा खनालको ‘सिंहदरबार र सडकको दूरी’, तनहुँका नरोत्तम श्रेष्ठको ‘अर्धाक्षर’, सुनसरीकी सविता फागोको ‘भुइँमान्छेका सपना’ र झापाका विवेक दुलाल क्षेत्रीको ‘मलाई कविताको मृत्यु अस्वीकार्य छ’ पनि महोत्सवका लागि छनोट भएका छन् । कविता महोत्सवका लागि ९२ वटा कविता प्राप्त भएको पुस्तकालयले जनाएको छ ।








प्रतिक्रिया