काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंमा १२० ग्राम ब्राउन सुगरसहित पाँचथरका दुई जनालाई नियन्त्रणमा लिएको छ।
एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाका आधारमा गएराति काठमाडौं महानगरपालिका––३२ स्थित विश्राम गेस्टहाउसको कोठा नम्बर ६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ निवासी ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरूलाई बिक्री वितरणका लागि ब्राउन सुगर राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो।








प्रतिक्रिया