बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशनले लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित गरेको छ ।
निवर्तमान अध्यक्ष बदन योङहाङले उदघाटन अवसरमा भन्नुभयो- किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन भव्य र सभ्य तथा उत्साहपुर्ण वातावरणमा सफलापुर्वक सम्पन्न भएको सुखद अवसरमा म अत्यन्तै हर्सित ,भावुक र गौरवान्वित छु ।
उहाँकै अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न पछि प्रगति प्रतिवेदन पास गर्यो । यसपछि बिधान समितिले पेश गरेको परिमार्जित बिधान सर्बसम्मत पास गरे पछि पुरानो कार्यसमितिलाई विघटन गरि निर्वाचन मण्डलको नेतृत्वमा बन्दसत्रमा प्रवेश गरेर नयाँ कार्यसमिती चयन गर्यो ।
नवगठित कार्यसमितिमा अध्यक्षमा लक्ष्मी इधिङ्गो (माकुना), उपाध्यक्षमा बल बहादुर सेनेहाङ , सचिवम धनराज कन्दङ्वा तथा कोषाध्यक्षमा मोहन सुब्बा (सविन) निर्वाचित हुनुभयो । सदस्यहरूमा क्रमश: अमित लिम्बू , रुपा लिम्बू ,पदम सम्बाहाङ्फे, डम्बर इधिङ्गो, मान लाबुङ , विष्णु योङहाङ (जीना) र सन्दीप पालुङ्वा निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष बदन योङहाङले हिलीहाङ डटकमलाई बताउनुभयो ।








प्रतिक्रिया