फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा बिमाेचन भयो ।
विमोचन कार्यक्ममा बोल्दै रङ्गवादी कवि धर्मेन्द्र नेम्बाङले भन्नुभयो- “तिव्र गतिका लेखक करिब दस पुस्तक लेखन, सम्पादन गरिसकेका केरुङ एक माेफसलका निधि हुन् । पुर्बी पहाडका सिंगो नाउ हाे डा. मधु ।”
उहाँले थप्नुभयो-आज सिङ्गाे बाैद्धिक समाज नै डा. केरुङ तिर फर्केर हेरिरहेका छन् । उनकाे कर्म, भुमिकाले भाेलिकाे नेपाली साहित्य निर्धारण गर्नेछ । नेपाली समाजकाे बाैद्धिक जगतकाे क्षेत्रफल मापन हुनेछ । हामी उनीतिर फर्केर आशावादी नजरले हेरिरहेका छाै । याे उनीप्रतिकाे हाम्राे आड, आशा, भराेशा हाे ।फेदेनमा डा. मधुसँगकाे संगत गर्न पनि फेदेन पुग्नु पर्छ । अरु ठाउमा पनि उनकाे उपस्थिति त छ, तर अप्रकट रुपमा । त्यहाँ उनकाे कर्म घुमिरहेकाे छ ।”
उहाँले आफू लामो बिरामीपछि फेदेनमा डा.सापकाे सङ्गत पाउनु याे आफ्नो लागि लागि एउटा ठुलो कुरा भएको बताउनुभयो।
प्रकाशित मिति :
२३ आश्विन २०८३, शुक्रबार ७ :
३९ बजे
प्रतिक्रिया