६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका अकबरे खुर्सानीका कृषकले मूल्य पाएनन् ,खल्लो हुने भाे यसपालिकाे दशै।

किसान भन्छन् 'पाेहाेर रु २८०/- प्रतिकिलाे विक्रि हुने अकबरे खुर्सानी अहिले मुस्किलले रु ८०/- मा बिक्री हुन्छ।'



रीताथाम्सुहाङ/हिलिहाङ,पाँचथर ,११असाेज,पाँचथरका अकबरे खुर्सानी उत्पादक किसानहरुले अकबरे खुर्सानीकाे उचित मूल्य नपाएकोले याे दशै राम्रोसँग मनाउन नपाउने गुनासाे गरेका छन्। अघिल्लो वर्षसम्म प्रतिकिलो सरदर रु२८०/-मा विक्रीभएकाे कारण मनग्गे कमाई गर्न सफल हिलिहाङका किसानहरु अकबरे खाेर्सानीकाे खेतीमा आकर्षित भएका थिए ।

हिलिहाङ गाउँपालिकाकाे वडा नं १,२,३,४,५,६ लगायतका वडाहरु अकबरे खुर्सानीकाे पकेट क्षेत्र मानिन्छ ।व्यावसायिक अकबरे खेती गर्नुहुने हिलिहाङ-३,साम्रेका उत्तम सेवाहाङका अनुसार हाल अकबरे खाेर्सानीकाे सरदर मूल्य प्रतिकिलो रु ८० काे हाराहारीमा छ।उहाँको अनुसार झापा लगायतको बजारमा राम्रै मूल्य भएतापनि बिचौलियाकाे कारण कम मूल्य पाएर किसानहरुलाई दशै मनाउन कठिन भएकाे छ।

स्थानीय सरकार तथा सराेकारवाला एवम् कृषि सहकारीले किसानहरुलाई उन्नत विउविजन ,मल ,प्रविधि तथा बजार व्यवस्थापनमा सहयाेग गर्नु पर्ने आवश्यकतालाई सबैले महसुस गरेकाे जनाइएको छ।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ५९ बजे

ताप्लेजुङको पाथिभरा क्याम्पसमा दस गुणा बढि मत सहित नेविसंघको अर्जुन खिम्दिङ विजयी

ताप्लेजुङ,ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसकाे स्ववियु चुनाबमा नेविसंघको अर्जुन खिम्दिङ विपक्षी

उर्लाबारी क्याम्पस माेरङमा नेविसंघ प्यानलै विजयी

उर्लाबारी,पूर्वि माेरङकाे उर्लाबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि इतिहासमा पहिलाेपटक नेविसंघले आठ

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त

काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा

तेह्रथुम क्याम्पस,चुहानडाडामा नेवि संघ प्यानलै विजयी

आठराई,पूर्वि पहाडमा रहेकाे त्रिविकाे एकमात्र आंगिक क्याम्पस,चुहानडाडा क्याम्पस आठराईमा नेविसंघको

नेविसंघले रुपन्देहीको जनता कलेजबाट खाता खाेल्याे।

बुुटवल,स्ववियु निर्वाचनकाे नतिजा सार्वजनिक हुन थालेकाे छ।रुपन्देहीको लिलाधर घिमिरे छापिया