फिदिम,पाँचथरकाे फिदिम नगरपालिकाले निजी बाेर्डिङ स्कूलकाे संस्थापकहरुलाई सामुदायिक विद्यालयका शिक्षकहरु सरह आफ्ना शिक्षकहरुलाई तलब र सुविधा दिन सुचना गरेकाे छ। फिदिम नगरपालिकाकाे प्रमुख प्रशाशकिय अधिकृत प्रविनहाङ याेङहाङद्वारा हस्ताक्षरित सुचना जारी गर्दै साे जनाइएको हाे ।परिपत्रमा भनिएकाे छ "फिदिम नगरपालिका भित्रकाे निजी(संस्थागत) विद्यालयहरुमा सामुदायिक विद्यालयकाे भन्दा तलब सुविधा ज्यादै न्यून दिएकाे भन्ने व्यापक गुनासाे सुन्न आएको…