काठमाडौँ– लोहोरो र डम्बेलले कन्चटमा हिर्काएर बुबा र भाईको हत्या गरी राती नै स्कुटर लिएर भागेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का मिलन आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घट्नाको दुई दिनपछि मंगलबार काठमाडौँ उपत्यका भित्रैबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार पारिवारिक तनावका कारण घट्ना भएको खुलेको छ।…