५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लोकसेवामा फेल भएपछि भक्तपुरमा भाइ र बुबाको सुतेका बेला सिलौटा र डम्बेल प्रहार गरेर हत्या



काठमाडौँ– लोहोरो र डम्बेलले कन्चटमा हिर्काएर बुबा र भाईको हत्या गरी राती नै स्कुटर लिएर भागेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का मिलन आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घट्नाको दुई दिनपछि मंगलबार काठमाडौँ उपत्यका भित्रैबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार पारिवारिक तनावका कारण घट्ना भएको खुलेको छ। भाइ र बुबाले तनाव दिएकाले सुतेका बेला सिलौटा र डम्बेल प्रहार गरेर हत्या गरेकाको मिलनले प्रहरीलाई बताएका छन्।

महाराजञ्जबाट पक्राउ परेका मिलनले बुबा ५६ वर्षीय कुलप्रसाद आचार्य र भाई २२ वर्षका प्रविणको हत्या गरेको स्विकार गरिसकेका छन्। जिल्ला हुलाका कार्यालय खोटाङका निमित्त कार्यालय प्रमूख (नासु) कुलप्रसाद र प्रविण सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित फिकाधारटोलमा रहेको डेरामा सोमबार विहान मृत अवस्थामा भेटिएका थिए।

भाइ पनि सधैँ दिउँसो १२ बजेसम्म सुत्ने र केही गर्न नसक्ने भनेर हत्या गरेको उनले वयान दिएका छन्। हत्याको योजना केही दिनअघि देखिनै बनाएको उनको भनाई छ। उनले परिवारका अन्य सदस्यलाई पनि मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन्।

पछिल्लो समय भाइ कुलतमा फसेको र बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको उनले बताएका छन्। बाबु र भाइको हत्यापछि आफूले झुण्डिएर आत्महत्याको प्रयास गरेको तर असफल भएको उनले सुनाएका छन्।

‘बुबाले धेरै नै माया गर्नुहुन्थ्यो। मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो। मैले प्रयाससमेत गरेँ। तर, ६–७ पटक परीक्षा दिँदासमेत पास भइनँ। त्यही तनावमा बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो। त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो। सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ।– उनले भनेको कुरा एक अनुसन्धान अधिकृतले सुनाए।

कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने सोचे। आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि ढोका नखुलेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार एक साताअघि कुलप्रसाद हुलाक विभागमा काम छ भन्दै काठमाडौं आएका थिए। त्यसपछि उनी आफ्नो छोराहरुको कोठामा बस्न गए। शनिबार उनीहरुले मासु पकाएर खाएका थिए। खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो।

त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए। तर, मिलन फरार थिए। अनुशन्धानका क्रममा मिलन आइतबार राति ३ बजेतिर स्कुटर लिएर कोठाबाट बाहिरिएको देखिएको थियो। सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो।

त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन। मोबाइल समेत आईतबारदेखि नै अफ थियो। तर, मंगलबार भने उनी महाराजगञ्जमा भेटिए।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : १६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज