१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कारागार चलान भए पनि बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख शिवाकोटी अस्पतालमै



झापा- आफ्नै घरमा कामदार राखिएकी राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी गत मंसिर २४ गते पक्राउ परे । पक्राउ परेको दिनदेखि नै उनी बीएण्डसी अस्पतालमै बसे ।

बिर्तामोड प्रहरीले अदालतसंग पाँच पटक म्याद थपेर २५ दिनसम्म अनुसन्धान गर्दा उनले एकदिन पनि हिरासतमा बस्नु परेन । बीएण्डसी अस्पतालबाटै उनलाई अदालत लगिन्थ्यो र अदालतबाट सिधै अस्पताल भर्ना गरिन्थ्यो । प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई मुद्दा जिम्मा लगाउँदा , सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गराउँदा र अदालतले बयान लिइसक्दा पनि उनले हिरासतमा बस्नु परेन ।

यहाँसम्म कि झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिँदा पनिसमेत उनले कारागार बस्नु परेको छैन । उनी फेरि पनि बीएण्डसी अस्पतालमै भर्ना भएका छन् । अदालतको पत्र बमोजिम केही मेडिकल चेकजाँच गर्नुपर्ने भनिएकाले अस्पतालमा भर्ना गरिएको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले बताए ।

चिकित्सकको सल्लाह अनुसार के कति दिन राख्नुपर्ने हो सोही अनुसार अस्पतालमा राखिने उनले जानकारी दिए । शिवाकोटीले आफूलाई गाह्रो भइरहेको बताएपछि कारागारबाट अस्पताल पठाइएको कारागार प्रमुख भट्टराईको भनाइ छ । ‘बाँच्न पाउने अधिकारको हामी सबैले सम्मान गर्नु पर्छ’ उनले भने,‘ सँधैको लागि अस्पतालमा राख्न मिल्दैन चिकित्सकको सल्लाह अनुसार अस्पतालमा उपचार गर्न दिन्छौं ।’शिवाकोटीले आफ्नो ढाडको समस्या भएको बताएका छन् ।

सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले बताए । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : ०८ बजे

आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउनू : सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्काउने वातावरण

नेपाल शिक्षक महासंघले कक्षा-१२ को परिक्षामा शिक्षक, प्रअहरुलाई सहभागी नबन्न निर्देशन

काठमाडौं, नेपाल शिक्षक महासंघले काठमाडौमा जारी शिक्षक आन्दोलनकै क्रममा कक्षा-१२

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले

ताप्लेजुङ पाथीभरा क्षेत्रमा बोलेरोमा करेन्ट लाग्दा चारजनाको निधन, दुईजना सख्त घाइते

ताप्लेजुङ,ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा आज एकाबिहानै  बोलेरोमा करेन्ट लागेर दु:खद 

शिक्षक आन्दोलन थप शसक्त, स्थागत विद्यालयसमेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षक  आन्दोलन थप शसक्त बनाउने