१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कारागार चलान भए पनि बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख शिवाकोटी अस्पतालमै



झापा- आफ्नै घरमा कामदार राखिएकी राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी गत मंसिर २४ गते पक्राउ परे । पक्राउ परेको दिनदेखि नै उनी बीएण्डसी अस्पतालमै बसे ।

बिर्तामोड प्रहरीले अदालतसंग पाँच पटक म्याद थपेर २५ दिनसम्म अनुसन्धान गर्दा उनले एकदिन पनि हिरासतमा बस्नु परेन । बीएण्डसी अस्पतालबाटै उनलाई अदालत लगिन्थ्यो र अदालतबाट सिधै अस्पताल भर्ना गरिन्थ्यो । प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई मुद्दा जिम्मा लगाउँदा , सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गराउँदा र अदालतले बयान लिइसक्दा पनि उनले हिरासतमा बस्नु परेन ।

यहाँसम्म कि झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिँदा पनिसमेत उनले कारागार बस्नु परेको छैन । उनी फेरि पनि बीएण्डसी अस्पतालमै भर्ना भएका छन् । अदालतको पत्र बमोजिम केही मेडिकल चेकजाँच गर्नुपर्ने भनिएकाले अस्पतालमा भर्ना गरिएको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले बताए ।

चिकित्सकको सल्लाह अनुसार के कति दिन राख्नुपर्ने हो सोही अनुसार अस्पतालमा राखिने उनले जानकारी दिए । शिवाकोटीले आफूलाई गाह्रो भइरहेको बताएपछि कारागारबाट अस्पताल पठाइएको कारागार प्रमुख भट्टराईको भनाइ छ । ‘बाँच्न पाउने अधिकारको हामी सबैले सम्मान गर्नु पर्छ’ उनले भने,‘ सँधैको लागि अस्पतालमा राख्न मिल्दैन चिकित्सकको सल्लाह अनुसार अस्पतालमा उपचार गर्न दिन्छौं ।’शिवाकोटीले आफ्नो ढाडको समस्या भएको बताएका छन् ।

सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले बताए । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : ०८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको