४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा रात्रिबसको ठक्करबाट २ जनाको मृत्यु



विर्तामोड, झापामा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र. १-०१-००१ ख ४३३१ नम्बरको रात्रिबसको ठक्करबाट कमल गाउँपालिका-३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनीको मृत्यु भएको हो ।

उनीहरू इलेक्ट्रिक साइकलमा सवार थिए । दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिन बसमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन्। मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ।

ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए। बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कँदै गर्दा रात्रिबसले ठक्कर दिएको हो।

आक्रोशित समूहले त्यहाँस्थित ट्राफिक प्रहरी बिटमा आगजनी गरेर आसपास क्षेत्रमा तोडफोड समेत गरेको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बस र बस चालक शिवसताक्षी नगरपालिका वडा नम्बर–१ का ३२ बर्षिय बिशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १० : ३२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज