१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतलाई पेनाल्टीमा ४-२ ले हराउदै नेपाल साफको फाइनलमा, नेपाली गोलकिपर अन्जना रानाले १ पेनाल्टी बचाइन् ।



काठमाडौं, भरखरै दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटवलक‍‍ो सेमिफाइनलमा परम्परागत प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै नेपाल फाइनलमा पुगेको छ । नेपालको जितमा ग‍ोलकिपर अन्जना रानामगरले भारतको चौथो पेनाल्टी बचाइन्।

यसअघि एकसय चौहत्तर  मिनेटसम्म चलेको खेलमा १-१ को बराबरीमा सकिएको थियो । खेलको दोश्रो हाफक‍ो ५१ मिनेटमा  रेडकार्ड पाएर रेखा पौडेल बाहिरिएपछि ७० मिनेटमा भारतले अग्रता लिएको थियो । एक मिनेटपछि नै नेपालले फर्काएको गोललाई मान्यता नदिएपछि दर्शकको होहल्लाले १३७ मिनेटसम्म खेल स्थगित भएको थियो। नेपालको सावित्रा भण्डारीले प्रिती राईको पासमा ३ मिनेटपछि १४० मिनेटमै गोल फर्काइन् ।

पछि थपिएको समयमा समेत गोल नभएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।भारतका लागि क्याप्टेन आशालतादेविले शुरुमा पेनाल्टी मिस प्रहार गरेको खेलमा नेपालको सावित्रा भण्डारीले गोल गरिन्। भारतका लागि मनिसा कल्याण र नेपालका गिता रानाले गोल गरेपछि स्कोर २-१ र तेश्रो प्रहार गरेका भारतका अन्जना देशाइ र नेपालका सविता रानाले गोल गरेपछि नेपालले स्कोर ३-२ बनायो भने भारतका लागि चौथो प्रहार रन्जना चामुको नेपाली गोलकिपर अन्जना रानाले बचाइन् भने नेपालका चौथो प्रहार अमिषा चौधरीले गोल गरेपछि स्कोर ४-२ बन्यो ।

अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउदै फाइनल प्रवेश गरेको हो ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १० : ५५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको