६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी



काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार ३३४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।

निर्वाचन आयोगको अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५३ मत प्राप्त गर्नु भयो । उहाँहरूको मतान्तर ८८१  मत रह्यो ।

उता नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३२९ मत, स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जन, कवि महर्जन, दिनेश अधिकारी, नेवरथ बानिया र भिम महर्जनले क्रमश: २,०३६ मत, १,३१४ मत, १,०४८ मत,  ४३८ र  ११८ मत पाउनुभयो ।

राप्रपाका ध्रुर्व महर्जनले ९९५ मत , नेमकिपाका श्रीकृष्ण महर्जनले २९६ मत र नेकपा एकिकृत समाजवादीका भाजु रिजालले ५२ मत पाउनुभयो ।

यश अघि किर्तिपुरकै वडा नं १ र ४ मा पनि नेपाली काङ्ग्रेसकै वडाध्यक्षहरु इच्छा महर्जन र राजेन्द्र बानियाँ निर्वाचित हुनुभएको बताइएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : १९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज