१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या



कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ११ बस्ने पूर्णिमाले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्णिमाले दुई छोरीको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख (डीएसपी) केशर न्यौपानेले बताएका छन् ।

पतिसँग घरायसी विवादमा झगडा भएपछि पूर्णिमाले रिसको आवेगमा दुई छोरीको हत्या गरेको प्रहरीसमक्ष प्रारम्भीक बयान दिएको प्रहरीले जनाएको छ । बुधबार बिहान साढे १० बजेतिर पूर्णिमाले पतिसँग फोनमा कुरा गरेकी थिइन् ।

दुई छोरीको हत्यापछि पूर्णिमाले आफूले ज्यान दिन खोजे पनि मर्न नसकेको प्रहरीलाई बयान दिएकी छिन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : ५३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको