४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या



कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ११ बस्ने पूर्णिमाले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्णिमाले दुई छोरीको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख (डीएसपी) केशर न्यौपानेले बताएका छन् ।

पतिसँग घरायसी विवादमा झगडा भएपछि पूर्णिमाले रिसको आवेगमा दुई छोरीको हत्या गरेको प्रहरीसमक्ष प्रारम्भीक बयान दिएको प्रहरीले जनाएको छ । बुधबार बिहान साढे १० बजेतिर पूर्णिमाले पतिसँग फोनमा कुरा गरेकी थिइन् ।

दुई छोरीको हत्यापछि पूर्णिमाले आफूले ज्यान दिन खोजे पनि मर्न नसकेको प्रहरीलाई बयान दिएकी छिन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : ५३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज