मिक्लाजुङ,पाँचथरकाे रवि क्याम्पसकाे स्ववियुकाे अध्यक्षमा अखिल क्रान्तिकारीका चन्द्रहाङ लावतीकाे मात्र उम्मेदवारी दर्ता भएको स्ववियु निर्वाचन समिति रवि क्याम्पसले जनाएकाे छ। सचिवमा नेविसंघकाे सम्याेग खड्का र काेषाध्यक्षमा अनेरास्ववियुकाे विपना सुन्दास तथा सदस्यहरुमा नेविसंघकाे सुजता लिम्बू र अखिल क्रान्तिकारीका निशा बुर्जा मगर र रविन चम्लागाईकाे मात्र उम्मेदवारी परेकाे बताइएको छ। उता समानुपातिक तर्फ अखिल क्रान्तिकारीका सुनमाया राई…