७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बझाङका नरबहादुर बाेहाेरा हिलिहाङ गाउँपालिकामा लेखापालमा सिफारिस

विराटनगर,प्रदेश लाेक सेवा आयाेग प्रदेश नं १, विराटनगरले पाँचथरकाे हिलिहाङ गाउँपालिकाकाे लेखापालमा बुङ्गल-१,बझाङका नर बहादुर बाेहाेरालाई सिफारिस गरेकाे छ। यसअघि पनि लेखापालबाट नै हिलिहाङ गाउँपालिकाकाे लेखा सम्वन्धी कार्य हुँदै आएको थियाे। अर्जुनधारा-९,झापाकाे गाेपाल भट्टराईलाई ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा र इटहरी -५,सुनसरीका सुरेन्द्र याेङहाङलाई दुहबी नगरपालिकामा लेखापालकाे रुपमा सिफारिस गरिएको जनाइएको छ।