१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो निमाविमा १,०५६ शिक्षककाे विज्ञापन



काठमाडौं ,शिक्षक सेवा आयाेगले निमावि तहमा १,०५६ शिक्षक पदमा विज्ञापन गरेकाे छ। माग गरिएको शिक्षकहरुमा सबैभन्दा बढि गणित /विज्ञानमा ३५१ जना र सबैभन्दा कम शुक्ल यजुर्वेद र संस्कृत कर्मकाण्डमा १,१ जना छन्।नेपालीमा ६५,अंग्रेजीमा ११६,गणितमा १४४,विज्ञानमा २८२,सामाजिकमा ८९ शिक्षक माग गरिएको छ।

आज प्रकाशित विज्ञापनमा नेपालीमा देशभर ६५ निमावि शिक्षक माग गरिएको छ।प्रदेश १मा ९ खुला,३ महिला,२,२ आदिवासीजनजाति र मधेसी र १ दलित सहित १७ जना,मधेसमा ६ खुला सहित १० जना,बाग्मतीमा ६ खुला र ३ मधेसी सहित १२ जना,गण्डकीमा ६ खुला सहित १० जना,लुम्बिनी र कर्णालीमा ३ खुलासहित ५,५ जना र सुदुरपश्चिममा ३ खुलासहित ६ जना छन्।

अंग्रेजीमा भने ११६ निमावि शिक्षक माग गरिएको छ।प्रदेश १ मा ९ खुला सहित महिला,आदिवासीजनजाति ,मधेसी र दलित २,२ जना गरेर १७ जना,मधेसमा २ खुला ६ महिला ३आदिवासीजनजाति ४मधेसी सहित १९ जना,बाग्मतीमा १५ खुला ४ महिला ३,३आदिवासीजनजाति र मधेसी सहित २८ जना,गण्डकीमा ११खुला सहित २० जना,लुम्बिनीमा ३ खुलासहित ५ जना,कर्णालीमा ५ खुलासहित १४ जना र सुदुरपश्चिममा ६ खुलासहित १५ जना छन्।

गणितमा माग गरिएको १४४ शिक्षकमा प्रदेश १ मा ६ खुला १३ महिला १२ आदिवासीजनजाति सहित ४७ जना,मधेशमा ३ महिला सहित ७ जना,बाग्मतीमा ८ खुला ८ महिला  ४ आदिवासीजनजाति  ९ मधेसी सहित ३६ जना,गण्डकीमा ८ खुला ७ महिला ८ आदिवासीजनजाति सहित ३१ जना,लुम्बिनीमा २ खुला २ महिला सहित ५ जना,कर्णालीमा २ खुला ३ महिला २ आदिवासीजनजाति सहित ९ जना र सुदुरपश्चिममा ३ खुला २,२ आदिवासीजनजाति र मधेसी सहित ९जना छन्।

उता विज्ञानका २८२ शिक्षकमा प्रदेश १ मा २६ खुला १८ महिला १४ आदिवासीजनजाति १२ मधेसी ५ दलित ३ अपांग र २ पिक्षे सहित ८० जना,मधेसमा १७ खुला ६ महिला ५,५ आदिवासीजनजाति र मधेसी सहित ३७ जना बाग्मतीमा १३ खुला १८ महिला १५ आदिवासीजनजाति १२ मधेसी ५ दलित ३ अपांग सहित ६८ जना,गण्डकीमा  ७खुला १२ महिला ११आदिवासीजनजाति १० मधेसी सहित ४९ जना, लुम्बिनीमा १ खुला ७ महिला ६ आदिवासीजनजाति सहित २१ जना,  कर्णालीमा ४ खुला ५ महिला ४,४ आदिवासीजनजाति र मधेसी सहित २० जना र सुदुरपश्चिममा १ खुला २,२ आदिवासीजनजाती सहित ७ जना छन्।

सामाजिकमा भने १०,१० खुलासहित प्रदेश १, बागमती र गण्डकीमा १९,१९ जना मधेसमा ३ जना,लुम्बिनीमा ९ जना ,कर्णालीमा ५ जना र सुदुरपश्चीममा ८ खुलासहित १५ जना गरेर ८९ शिक्षक माग गरिएको छ।

गणित/विज्ञानमा भने सबैभन्दा बढि प्रदेश १ मा खुला ७५ महिला २६ आदिवासीजनजाति २० मधेसी १७ दलित ७ अपांग ४ र पिक्षे ३ सहित १५२ जना,मधेसमा १३ खुलासहित २२ जना,बागमतीमा २२खुला सहित ४१ जना,गण्डकीमा २१ खुलासहित ४१ जना,लुम्बिनीमा १४ खुलासहित ३२ जना,कर्णालीमा ९ खुलासहित २१ जना र सुदुरपश्चिममा १७ खुलासहित ४१ जना गरेर ३५१ शिक्षक माग गरिएकाे छ।

संस्कृत भाषामा ४ जना,संस्कृत ब्याकरणमा ३ जना तथा संस्कृत कर्मकाण्ड र शुक्ल यजुर्वेदमा १,१ शिक्षक माग गरिएको छ।

यहि फाल्गुन २८ गतेसम्म सामान्य दस्तुर र चैत ५ गतेसम्म डबल दस्तुर तिरेर अनलाइन आवेदन गर्न सकिने तथा आवेदन दस्तुर रु ७००/- सामान्य र रु ५००/- समावेशी थप एवम् परीक्षा यहि २०८० साल बैशाख ९ गते अपरान्ह १:०० बजे माेरङ,धनुषा,मकवानपुर ,कास्की ,दाङ,सुर्खेत र कैलालीमा हुने बताइएको छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : १४ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा