१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महेन्द्र माेरङ कलेज विराटनगरमा नेविसंघको जसवन्त पौडेल दाेब्बर भन्दा बढि मतान्तरले विजयी



विराटनगर,काेशी प्रदेशकै सर्वाधिक विद्यार्थी भएकाे महेन्द्र माेरङ कलेज विराटनगरमा नेविसंघको जसवन्त पौडेल निकटतम प्रतिद्वन्द्वी भन्दा दाेब्बर मतान्तर अर्थात ९०६ मत बढि ल्याइ स्ववियु अध्यक्षमा निर्वाचित हुनुभएको छ।

नेविसंघको पौडेलले १,६८९ मत ल्याउदा अनेरास्ववियु क्रान्तिकारीका राेहित यादवले ७८४ मत ल्याए।सचिवमा अनेरास्ववियुका मनिष ठकुरी ९३७ मतसहित विजयी बन्दा नेविसंघको पूजा विश्वासले ७८६ मत पाइन्।उता काेषाध्यक्षमा नेविसंघका स्वस्तिक बाेहाेराले १,१४३ मत सहित विजयी हुदा अनेरास्ववियुका आराेग्य थापाले ९०३ मत पाए।

सदस्यमा भने नेविसंघका प्रज्जवल विष्ठ १३४३ मत,अमित मुखिया १०२३ मत,राेहितकुमार पासवान १००७ मत,सुदिक्षा थापामगर ९९० मत,दिपककुमार महत ९७२ मत,माे.साहिल अन्सारी ९७१ मत र अनेरास्ववियुका केवल काफ्ले ११५५ मत र मन्दिप पाेखरेल १०३५ मतसहित विजयी बन्नुभएकाे निर्वाचन समितिले जनाएको छ।

उता समानुपातिकमा भने नेविसंघले १३०४ मत,अनेरास्ववियुले ८१८ मत,अनेरास्ववियु क्रान्तिकारीले ६०५ मत,अनेरास्ववियु समाजवादीले १२६ मत समाजवादी विद्यार्थी युनियनले १२६ मत विद्यार्थी जनमत संघले १०४ मत तथा लाेकतान्त्रिक विद्यार्थी संघले ३८ मत पाएकाे निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ५ : ३० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको