१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्थायी प्रावि शिक्षक नियुक्ति प्रयाेजनार्थ इलामद्वारा ३६८ करारमा कार्यरत शिक्षक लिष्ट सार्वजनिक



इलाम,शिक्षा विकास तथा समन्वय इकाई इलामले प्रावि शिक्षककाे स्थायी नियुक्तिकाे प्रयाेजनार्थ ३६८ जना करारमा कार्यरत शिक्षकहरुकाे लिष्ट सार्वजनिक गरेकाे छ।सबैभन्दा बढि सूर्याेदय नगरपालिकाकाे ७३ जना र कम चुलाचुली गाउपालिकामा १२ जना तथा सार्वजनिक लिष्टमा बरिस्ठ २०७२ असाेज ५ गतेदेखि कनिष्ठमा २०७९ भदौ २७ गतेसम्म नियुक्ति लिएका परेका छन्।

इलाम नगरपालिकाबाट १७ जना शिक्षकहरु हुनुहुन्छ।यहाँ २०७३ असार ६ गते नियुक्ति भएका अमरज्याेती आविका दिलबहादुर लिङदम बरिस्ठ तथा बालकन्या माविका २०७९ भदौ २७ मा नियुक्त भएको प्रकाश घिमिरे कनिष्ठ छन् भने १२ करार शिक्षक रहेकाे चुलाचुली गाउपालिकामा किरातेश्वर माविका राजेन्द्र चापागाईंले २०७५/०५/१९ मा नियुक्त हुदा कनिष्ठमा सगरमाथा माविका अन्जु राईले २०७८/११/०१ मा नियुक्त हुनु भएको बताईएकाे छ।

२३ जना करार रहेका देउमाइ नगरपालिकामा भने बरिस्ठमा नागेश्वरी आविका माेतिराम चापागाईंले २०७४पुस २८ मा नियुक्त र कनिष्ठमा जनता आविका पुष्पा कार्कीकाे नियुक्ती २०७८ फागुन ९ मा रहेकाे छ,भने फाकफाेकथुम गाउपालिकामा ४४ जना करार शिक्षककाे नाम लिष्टमा रहेकाे छ जहाँ फलाटे माविकाे मनमाया राई बरिस्ठ र नियुक्ति २०७४ फागुन १८ मा तथा कनिष्ठमा गुरुज्याेति आविका मनमाया सुवेदीकाे नियुक्ति २०७९ माघ ५ रहेकाे छ।

उता माई नगरपालिकामा ५३ जना करार शिक्षकहरु छन्,सिनियरमा कृष्ण माविका देवकुमारी नेपालकाे नियुक्ति २०७३ असार १२ र जुनियरमा जनसेवक माविका रिता राईकाे नियुक्ति २०७९ भदौ २८ रहेको जनाइएको छ भने माईजाेगमाई गाउँपालिकामा रहेका ३३ करार शिक्षकमा बरिस्ठ ज्ञानेादय माविका मुना सापकाेटाकाे नियुक्ति २०७२ असाेज ५ र कनिष्ठमा राष्ट्रिय आविका लाेचन सापकोटाकाे नियुक्ति २०७८ /०७/२८ रहेकाे छ।

माङ्सेबुङ गाउपालिकामा ५३ करार शिक्षक छन् जिवनज्याेति माविका मनिका राई बरिस्ठ नियुक्ति २०७३ असाेज १ र कनिष्ठमा बालदिप आविका सरिता राईकाे नियुक्ति मिति २०७९ पुस १८ रहेकाे जनाइएको छ भने राेङ गाउपालिकामा ४४ करार शिक्षक छन्।बरिस्ठमा ज्याेति आविका शिला आचार्यले २०७३ असार १५ मा नियुक्ति तथा कनिष्ठमा शान्ति ढुङ्गानाकाे नियुक्ति २०७९ साउन १० मा भएको जनाइएको छ।

१५ करार शिक्षक रहेकाे सन्दकपुर गाउपालिकामा भने बरिस्ठमा आदरणिय आविका उर्मिला राईकाे नियुक्ति मिति २०७४/११/२२ र कनिष्ठमा शान्ति ढुंगानाकाे नियुक्ति २०७९/०५/१४ रहेकाे छ भने सबैभन्दा बढि करार शिक्षक ७३ जना रहेकाे सूर्याेदय नगरपालिकामा भने बरिस्ठमा गणेश्वरी माविका विष्णु न्यौपानेकाे नियुक्ति २०७४ पुस २० र कनिष्ठमा सिद्धदेवि माविकाे मन्जु थापाकाे नियुक्ति मिति २०७९ साउन ८ रहेकाे छ।

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ६ : ५६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको