काठमाडौं, पेनाल्टी सुटआउटमा स्पेनलाई ३-१ हराउदै इङ्गल्याण्ड युरोपियन महिला च्याम्पियन बनेको छ । स्विट्जरल्याण्डको सेन्ट जाकोब पार्कमा केहीबेरअघि सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट १-१को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । स्पेनको लागि मारियाना काल्टीले २५ मिनेटमा सुरुवाती गफल गर्दै अग्रता दिलाएपछि एलिसा रुसोले ५७ मिनेटमा बराबरी गोल फर्काइन् ।…