२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ठाकुरबाबा नगरस्तरीय रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाउँ प्रथम



आठौ ठाकुरबाबा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ठाकुरबाबा नगर खेलकुद विकास समितीको आयोजना तथा त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाउँको आतिथ्यतामा ठाकुरबाबा–२, रानीपुरमा रहेको खेलमैदानमा कार्तिक १८ गतेदेखि आयोजना गरिएको प्रतियोगिता हिजो २१ गते सम्पन्न भएको हो ।

माध्यमिक तहतर्फ कुल ३४ पदक सहित त्रिभुवन नमूना माध्यामिक विद्यालय भुरीगाउं प्रथम हुन सफल भएको छ । १६ स्वर्ण, १२ रजत र ६ कास्य सहित त्रिभुवन नमूूना माध्यमिक विद्यालयले ३४ पदक जितेको हो । ठाकुरबाबा नगरपालिका–३, जुडपानीको चुरे माध्यमिक विद्यालय द्वितिय भएको छ । चुरेले १३ स्वर्ण, १० रजत र ११ कास्य सहित कुल ३४ पदक जित्न सफल भएको छ । यस्तै बर्दिया एजुकेश्नल एकेडेमी रानीपुर ९ स्वर्ण, ९ रजत र ८ कास्य सहित कुल २६ पदक प्राप्त गर्दै तेतिय भएको छ ।

यस्तै आधारभुत तहतर्फ ४ स्वर्ण र ३ रजत सहित कुल ७ पदक प्राप्त गर्दै नेशनल एकेडेमी रानीपुर प्रथम हुन सफल भएको छ । ३ स्वर्ण, २ रजत र २ कास्य जितेर कुल ७ पदक सहित सारदा आधारभुत विद्यालय शाहिपुर द्धितीय भएको छ । जनचाहना आधारभूत विद्यालय, डुम्रेनी २ स्वर्ण र १ रजत सहित कुल ३ पदक जितेर तृतिय भएको छ ।

माध्यामिक तहतर्फ नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि १५ वटा विद्यालय र आधारभूततह तर्फ ७ विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : ४५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक