५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ठाकुरबाबा नगरस्तरीय रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाउँ प्रथम



आठौ ठाकुरबाबा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ठाकुरबाबा नगर खेलकुद विकास समितीको आयोजना तथा त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाउँको आतिथ्यतामा ठाकुरबाबा–२, रानीपुरमा रहेको खेलमैदानमा कार्तिक १८ गतेदेखि आयोजना गरिएको प्रतियोगिता हिजो २१ गते सम्पन्न भएको हो ।

माध्यमिक तहतर्फ कुल ३४ पदक सहित त्रिभुवन नमूना माध्यामिक विद्यालय भुरीगाउं प्रथम हुन सफल भएको छ । १६ स्वर्ण, १२ रजत र ६ कास्य सहित त्रिभुवन नमूूना माध्यमिक विद्यालयले ३४ पदक जितेको हो । ठाकुरबाबा नगरपालिका–३, जुडपानीको चुरे माध्यमिक विद्यालय द्वितिय भएको छ । चुरेले १३ स्वर्ण, १० रजत र ११ कास्य सहित कुल ३४ पदक जित्न सफल भएको छ । यस्तै बर्दिया एजुकेश्नल एकेडेमी रानीपुर ९ स्वर्ण, ९ रजत र ८ कास्य सहित कुल २६ पदक प्राप्त गर्दै तेतिय भएको छ ।

यस्तै आधारभुत तहतर्फ ४ स्वर्ण र ३ रजत सहित कुल ७ पदक प्राप्त गर्दै नेशनल एकेडेमी रानीपुर प्रथम हुन सफल भएको छ । ३ स्वर्ण, २ रजत र २ कास्य जितेर कुल ७ पदक सहित सारदा आधारभुत विद्यालय शाहिपुर द्धितीय भएको छ । जनचाहना आधारभूत विद्यालय, डुम्रेनी २ स्वर्ण र १ रजत सहित कुल ३ पदक जितेर तृतिय भएको छ ।

माध्यामिक तहतर्फ नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि १५ वटा विद्यालय र आधारभूततह तर्फ ७ विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : ४५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज