काठमाडौै, एएफसी महिला छनोट खेलमा ८० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-३ ले बराबरीमा खेलीरहेको छ ।नेपाल सम्हालिन नपाँउदै १ मिनेटमा खाभिभोको गोलबाट पछि परेको थियो ।
१० मिनेटमा ११ नं का उज्वेक खेलाडी काराखिभले अग्रता दोब्बर पार्दा नेपालको कप्तान सावित्रा भण्डारीले २३ मिनेटमा गोल गर्दै स्कोर २-१ बनाइन् ।
उता खेलको ३७ मिनेटमा उज्वेकिस्तानले पेनाल्टिमार्फत गोल गरेर स्कोर ३-१ बनाए ।
मध्यान्तरपछि सावित्रा भण्डारीले ७१ र ७३ मिनेटमा थप दुई गोल गर्दै आफ्नो तेश्रो ह्याट्रिक पूरा गरिन् ।








प्रतिक्रिया