काठमाडौं, पेनाल्टी सुटआउटमा स्पेनलाई ३-१ हराउदै इङ्गल्याण्ड युरोपियन महिला च्याम्पियन बनेको छ ।
स्विट्जरल्याण्डको सेन्ट जाकोब पार्कमा केहीबेरअघि सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट १-१को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
स्पेनको लागि मारियाना काल्टीले २५ मिनेटमा सुरुवाती गफल गर्दै अग्रता दिलाएपछि एलिसा रुसोले ५७ मिनेटमा बराबरी गोल फर्काइन् ।
इङ्ल्याण्डको गोलकिपर हाना हाम्फटनले स्पेनको ३ पेनाल्टी बचाउदा पेड्रिक लुरोमात्र गोल गर्न सफल बनिन् ।मारियाना, आल्मा र साल्नाको प्रहार भने हानाले बचाइन् । उता इङ्ग्ल्याण्डका एलेक्स मिनका, निया चार्ली र कोकेलीले गोल गरेका थिए भने बेथाली र ली मेनेन्सले गोल गर्न सकेनन् ।








प्रतिक्रिया