काठमाडौं, बङ्गलादेशमा जारी साफ यु-२० फुटबलमा खेलको मध्यान्तरसम्ममा नेपाल श्रीलङ्काविरुद्ब ५-० ले अघि छ ।
नेपालको लागि खेलको ७ मिनेटमा मीना देउवाले गोल गर्दै अग्रता दिलाइन् । १३ मिनेटमा शुशिला केसीले शानदार गोल गर्दै अग्रता दोब्बर बनाइन् । मिनाले नै ४२ मिनेटमा दोश्रो गोल गर्दै स्कोर ३-० बनाइन् । चार मिनेट थपिएको इन्जुरी खेलमा २ र ४ मिनेटमा पूर्णिमा राईले लगातार २ गोलगरेपछि स्कोर ५-० पुग्यो ।
यसअघि आजै भएको वर्षाले प्रभावित खेलमा आयोजक बङ्गलादेशले भुटानलाई ४-१ले हराएको थियो ।








प्रतिक्रिया