काठमाडौं, बङ्गलादेशमा जारी साफ यु-२० महिला फुटबल प्रतियोगितामा नेपालद्वारा भुटान ८-० ले पराजित भएको छ ।
केहिबेरअघि सम्पन्न खेलमा नेपालका पुर्णिमा राई र मीना देउबाले ह्याट्रिक पूरा गरेका थिए ।
खेलको ४५ सेकेन्डमा गोल गरेर सुरुवाती अग्रता दिलाएको मिनाले ११ र ६४ मिनेटमा थप गोल गरिन् ।
पूर्णिमा राइले भने २३ तथा पहिलो हाफपछि थपिएको पहिलो र अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । मध्यान्तर सम्म नेपाल ६-० ले अघि थियो ।
बाँकि गोल भने ८ मिनेटमा समिक्षा मगर र ६३ मिनेटमा कुसुम खतिवडाले गरिन् ।








प्रतिक्रिया