काठमाडौं, बंगलादेशमा जारी साफ यु-२० खेलमा नेपालद्वारा भुटान ६-१ ले पराजित भएको छ ।
नेपालको जीतमा पूर्णिमा राईले ह्याट्रिक सहित चार गोल गरिन् । उनले खेलको १८, ६४, ८३ र ८७ मिनेटमा गोल गरिन् । बाँकी २ गोल भने सेजु परियारको नाममा रह्यो । उनले ९ र ४४ मिनेटमा गोल गरिन् ।
उता भुटानका केल्देन वाइमुले ५४ मिनेटमा गोल फर्काइन् ।








प्रतिक्रिया