२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध ४-२ ले पराजित



काठमाडौै, एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध ४-२ ले पराजित हुदै एसिया छनोटबाट बाहिरिएको छ । निर्धारित समयमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-३ ले बराबरीमा खेल सकिएको थियो ।

शुरुवातमा नेपाल सम्हालिन नपाँउदै १ मिनेटमा खाभिभोको गोलबाट पछि परेको थियो ।

१० मिनेटमा ११ नं का उज्वेक खेलाडी काराखिभले अग्रता दोब्बर पार्दा नेपालको कप्तान सावित्रा भण्डारीले २३ मिनेटमा गोल गर्दै स्कोर २-१ बनाइन् ।

उता खेलको ३७ मिनेटमा उज्वेकिस्तानले पेनाल्टिमार्फत गोल गरेर स्कोर ३-१ बनाए ।

मध्यान्तरपछि नेपाल खेलमा फर्किएको थियो । कप्तान सावित्रा भण्डारीले ७१ र ७३ मिनेटमा थप दुई गोल गर्दै आफ्नो तेश्रो ह्याट्रिक पूरा गरिन् । मध्यान्तरपछि दबावमा राखेको नेपालले थप गोल गर्न नसक्दा पराजय व्योहोर्नु पर्यो ।

दश खेलाडीमा सिमित उज्जेकिस्तानका सबै चार पेनाल्टी गोलमा परिणत हुँदा पहिले प्रहार गरेको सावीत्रा भण्डारीको बल पोष्टमा लागेर बाहिंरियो भने अन्तिममा प्रहार गरेकी अन्जना रानाको बल उज्जवेक किपरले बचाइन् । दोश्रो बल प्रहार गरेकी गीता राना र तेश्रो प्रहार गरेकी सविता रानाको बल भने गोलमा परिणत भएको थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : ४७ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण