१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध ४-२ ले पराजित



काठमाडौै, एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध ४-२ ले पराजित हुदै एसिया छनोटबाट बाहिरिएको छ । निर्धारित समयमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-३ ले बराबरीमा खेल सकिएको थियो ।

शुरुवातमा नेपाल सम्हालिन नपाँउदै १ मिनेटमा खाभिभोको गोलबाट पछि परेको थियो ।

१० मिनेटमा ११ नं का उज्वेक खेलाडी काराखिभले अग्रता दोब्बर पार्दा नेपालको कप्तान सावित्रा भण्डारीले २३ मिनेटमा गोल गर्दै स्कोर २-१ बनाइन् ।

उता खेलको ३७ मिनेटमा उज्वेकिस्तानले पेनाल्टिमार्फत गोल गरेर स्कोर ३-१ बनाए ।

मध्यान्तरपछि नेपाल खेलमा फर्किएको थियो । कप्तान सावित्रा भण्डारीले ७१ र ७३ मिनेटमा थप दुई गोल गर्दै आफ्नो तेश्रो ह्याट्रिक पूरा गरिन् । मध्यान्तरपछि दबावमा राखेको नेपालले थप गोल गर्न नसक्दा पराजय व्योहोर्नु पर्यो ।

दश खेलाडीमा सिमित उज्जेकिस्तानका सबै चार पेनाल्टी गोलमा परिणत हुँदा पहिले प्रहार गरेको सावीत्रा भण्डारीको बल पोष्टमा लागेर बाहिंरियो भने अन्तिममा प्रहार गरेकी अन्जना रानाको बल उज्जवेक किपरले बचाइन् । दोश्रो बल प्रहार गरेकी गीता राना र तेश्रो प्रहार गरेकी सविता रानाको बल भने गोलमा परिणत भएको थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : ४७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको