९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेशी प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्ने,

विराटनगर,काेशी प्रदेशमा नेपाली काङ्ग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्ने भएको छ।सत्तारुढ दलहरुकाे सहमतिमा कांग्रेस संसदिय दलकाे नेता उद्धव थापाकाे नेतृत्वमा सरकार बन्न लागेकाे हाे। यसअघि नेकपा माओवादी केन्द्रकाे संसदिय दलका नेता इन्द्रबहादुर आङ्बाेकाे नेतृत्वमा सरकार बन्ने चर्चा चलेतापनि पछि उद्धव थापा नेतृत्वमा सरकार बन्ने भएको हाे।आलाेपालाे प्रणालीमा सत्तारूढ दलका पार्टीहरुकाे नेतृत्वमा सरकार गठन गरिने बताइएको छ।