३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियाे प्रावि वस्तुगत परिक्षाकाे नतिजा,काेशीकाे ताप्लेजुङ,तेह्रथुम र साेलुखुम्बुमा मागभन्दा कम सफल



काठमाडौं,शिक्षक सेवा आयाेगले गत जेठ २० गते लिएकाे प्रावि तहकाे प्रथमपत्र वस्तुगत परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ।
काेशी प्रदेशकाे १४ जिल्लाहरूकाे कुल १ हजार ७४५ पदहरुमा १८ हजार ७६१ जनाले परीक्षा दिएकोमा ३ हजार ७५ जना सफल हुनुभएको छ । याे सहभागी परिक्षार्थीकाे १६.३९% हाे।

काेशी प्रदेशकाे ताप्लेजुङ,तेह्रथुम र साेलुखुम्बुमा माग गरिएकाे भन्दा कम परिक्षार्थी सफल हुनुभएको आयाेगले जनाएको छ। ताप्लेजुङमा १२० जना माग गरिएकोमा १०६ जना,तेह्रथुममा ६९ जना माग गरिएकोमा ५६ जना र साेलुखुम्बुमा १२१ जना माग गरिएकोमा ८६ जनामात्र विषयगत परिक्षाकाे लागि छनौट हुनुभएको बताइएको छ।

उता पाँचथरमा १७६ माग गरिएकोमा ३७० जना,इलाममा १८८ माग गरिएकोमा ४५२ जना,झापामा १२८ माग गरिएकोमा ३१८ जना विषयगत परिक्षाकाे लागि सफल हुनुभएको आयाेगले जनाएकाे छ ।

यसरी नै माेरङमा ११० माग गरिएकोमा १८० जना,सुनसरीमा ६० जना माग गरिएकोमा १०१ जना,धनकुटामा १२५ माग गरिएकोमा २५८ जना, भाेजपुरमा ११५ माग गरिएकोमा १८२ जना र संखुवासभामा १७२ माग गरिएकोमा ४७५ जना सफल हुनुभएको आयाेगले जनाएको छ ।

खाेटाङमा ९२ माग गरिएकोमा ११० जना,ओखलढुंगामा १४७ माग गरिएकोमा १६१ जना र उदयपुरमा १२५ माग गरिएकोमा २१६ जना सफल हुनुभएको जनाइएको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  २ : ४१ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।