विराटनगर,अन्तत: विश्वासको मत पाउन असफल भएपछि काेशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेकाे छ। मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभासमक्ष विश्वासकाे मत राख्न गरेकाे प्रयासमा पक्षमा ४६ मत र विपक्षमा ४३ मत प्राप्त भएपछि बहुमत प्राप्त नभएको हाे। ९३ प्रदेशसभा सांसद रहेकाे काेशी प्रदेशमा विश्वासको मत पाउन ४७ मत चाहिन्छ ।
पक्षमा नेकपा एमालेकाे ४० र राप्रपाकाे ६ प्रदेश सांसदकाे मत प्राप्त भएको थियाे भने विपक्षमा काङ्ग्रेसको २९,माओवादी केन्द्रकाे १२ र नेकपा एसकाे ४ मत खसेकाे थियाे। उता १ सांसद रहेकाे जसपा भने मतदानमा सहभागी भएन।
प्रतिक्रिया