८ माघ २०८१, मंगलबार | January 21, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक सरुवा:शिक्षक महासंघ पाँचथरले फालेलुङ र मिक्लाजुङ गाउँपालिकाकाे शिक्षक सरुवा शुल्कप्रति विराेध जनायाे



पाँचथर, नेपाल शिक्षक महासंघ पाँचथरले फालेलुङ गाउँपालिका र मिक्लाजुङ गाउँपालिका पाँचथरले शिक्षक सरुवाप्रति गरेकाे निर्णयकाे विराेध गरेकाे छ। शिक्षक महासंघ पाँचथरका अध्यक्ष नरेन्द्र बहादुर सम्वाहाम्फेद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत विरोध जनाइएको हाे।

विज्ञप्तिमा भनिएकाे छ”फालेलुङ मिक्लाजुङ लगायतका गाउँपालिकाहरुले राजश्व वृद्धि गर्ने उद्धेश्यले शिक्षकहरुकाे सरुवा,पदस्थापना र बढुवा गर्दा शिक्षक एवं शिक्षककाे पेशागत संगठन बीच विना छलफल चर्काे शुल्क ताेकेकाेमा नेपाल शिक्षक महासंघ पाँचथरकाे गम्भीर ध्यानाकर्षण भएकाे छ। राज्यकाे शिक्षक कर्मचारीकाे सकेसम्म घरपायक र उपचार तथा अन्य कारणले सहज ठाउँमा सरुवा गर्ने नीति पूर्णत: बाधक बनेकाे तथ्य पराेक्षरुपमा यसले पुष्टि गर्दछ।”

विज्ञप्तिमा थप भनिएकाे छ ” शिक्षकहरुकाे हकहित,मर्यादा,सुरक्षाकाे प्रत्याभूति एवं कर्तव्यबोध गराउनु स्थानीय सरकारकाे अहम कर्तब्य हुन आउँछ। तसर्थ शुद्ध तलबले जिविकाेपार्जन गर्ने शिक्षकहरुलाई यसप्रकारकाे सिमातित शुल्कले अन्याय हुनकाे साथै मनाेवल कमवाेर हुनेछ”

फालेलुङ गाउँपालिकाले मावि शिक्षकलाई जिल्लान्तर सरुवा सहमतिमा रु १५ हजार निमावि शिक्षकलाई जिल्लान्तर सरुवा सहमतिमा रु १२ हजार र प्रावि शिक्षकलाई जिल्लान्तर सरुवा सहमतिमा रु १० हजार शुल्क ताेकेकाे थियाे ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४० बजे

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु

कारागार चलान भए पनि बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख शिवाकोटी अस्पतालमै

झापा- आफ्नै घरमा कामदार राखिएकी राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती

चीनको भूकम्पमा परेर हालसम्म ५३ को मृत्यु, ६२ घाइते

काठमाडौँ । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाका