३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक सरुवा:शिक्षक महासंघ पाँचथरले फालेलुङ र मिक्लाजुङ गाउँपालिकाकाे शिक्षक सरुवा शुल्कप्रति विराेध जनायाे



पाँचथर, नेपाल शिक्षक महासंघ पाँचथरले फालेलुङ गाउँपालिका र मिक्लाजुङ गाउँपालिका पाँचथरले शिक्षक सरुवाप्रति गरेकाे निर्णयकाे विराेध गरेकाे छ। शिक्षक महासंघ पाँचथरका अध्यक्ष नरेन्द्र बहादुर सम्वाहाम्फेद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत विरोध जनाइएको हाे।

विज्ञप्तिमा भनिएकाे छ”फालेलुङ मिक्लाजुङ लगायतका गाउँपालिकाहरुले राजश्व वृद्धि गर्ने उद्धेश्यले शिक्षकहरुकाे सरुवा,पदस्थापना र बढुवा गर्दा शिक्षक एवं शिक्षककाे पेशागत संगठन बीच विना छलफल चर्काे शुल्क ताेकेकाेमा नेपाल शिक्षक महासंघ पाँचथरकाे गम्भीर ध्यानाकर्षण भएकाे छ। राज्यकाे शिक्षक कर्मचारीकाे सकेसम्म घरपायक र उपचार तथा अन्य कारणले सहज ठाउँमा सरुवा गर्ने नीति पूर्णत: बाधक बनेकाे तथ्य पराेक्षरुपमा यसले पुष्टि गर्दछ।”

विज्ञप्तिमा थप भनिएकाे छ ” शिक्षकहरुकाे हकहित,मर्यादा,सुरक्षाकाे प्रत्याभूति एवं कर्तव्यबोध गराउनु स्थानीय सरकारकाे अहम कर्तब्य हुन आउँछ। तसर्थ शुद्ध तलबले जिविकाेपार्जन गर्ने शिक्षकहरुलाई यसप्रकारकाे सिमातित शुल्कले अन्याय हुनकाे साथै मनाेवल कमवाेर हुनेछ”

फालेलुङ गाउँपालिकाले मावि शिक्षकलाई जिल्लान्तर सरुवा सहमतिमा रु १५ हजार निमावि शिक्षकलाई जिल्लान्तर सरुवा सहमतिमा रु १२ हजार र प्रावि शिक्षकलाई जिल्लान्तर सरुवा सहमतिमा रु १० हजार शुल्क ताेकेकाे थियाे ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु