ताप्लेजुङ,ताप्लेजुङको आठराइ त्रिवेणी गाँउपालिका वडा नं ३ हाङपाङमा गतराती कालिजकाे सिकार गर्ने क्रममा भरुवा बन्दुककाे छर्रा लागेर एकको मृत्युु भएकाे छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी निरिक्षक कुशराम कार्कीकाे अनुसार मृत्यु हुनेमा आठराई त्रिवेणी-३, हाङपाङका ५८ वर्षिय ललित गुरुङ हुन्। साेमबार राति १० बजेतिर कालिजकाे सिकार गर्ने क्रममा कालिदह जंगलमा भरुवा बन्दुकको छर्रा लागेर उनकाे घटनास्थलमै…