फिदिम,आजबाट माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा एसईई शुरु हुदैछ । यस वर्षको एसईई परिक्षामा पाँचथर जिल्लामा सत्र परीक्षा केन्द्रबाट २ हजार ८९९ जना परिक्षार्थीले परिक्षा दिदैछन् । यो परिक्षार्थीहरुमध्ये नियमिततर्फ २ हजार ७५९ जना छन् । उता ग्रेडवृद्धि तर्फ १४० जना परिक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरले जनाएको छ ।