विर्तामोड,आजबाट माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा एसईई शुरु हुदैछ ।
यस वर्षको एसईई परिक्षामा झापा जिल्लामा सन्ताउन्न परीक्षा केन्द्रबाट १५ हजार ८२२ जना परिक्षार्थीले परिक्षा दिदैछन् ।
यो परिक्षार्थीहरुमध्ये नियमितको साधारण धारतर्फ १४ हजार ९५७ जना छन् । यसमा छात्रा ७ हजार ७२५ जना र छात्र ७ हजार २३२ जना छन् ।
त्यस्तै प्राविधिक धारतर्फ ५५० जनामध्ये छात्रा २३७ जना र छात्र ३१३ जना रहेका छन् । उता ग्रेडवृद्धि तर्फ ३९६ जनामध्ये छात्रा १८३ जना र छात्र ३१५ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।
प्रतिक्रिया