३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा नेपाल शिक्षक संघको प्रदेश प्रतिनिधि सभा सम्पन्न,”शिक्षकमा कुनै गुट छैन्”महासचिव रावल।



पाँचथर,पाँचथरकाे फिदिममा नेपाल शिक्षक संघ कोशी प्रदेशको पाँचौं प्रतिनिधि सभा सम्पन्न भएको छ। कोशी प्रदेशको प्रदेश सभापती तेजप्रकाश चौलागाईको अध्यक्षता तथा प्रदेश महासचिव मातृका न्यौपानेद्वारा संचालित सो प्रतिनिधी सभाको प्रमुख अतिथी नेपाल शिक्षक संघ,संघिय अध्यक्ष सोमनाथ गिरी र अन्य अतिथीहरुमा उपाध्यक्ष वीरेन्द्र खड्का,महासचिव ज्ञानेन्द्र बहादुर रावल ,उपमहासचिव तथा प्रवक्ता नारायण प्रसाद तिमिल्सेना हुनुहुन्थ्यो ।अन्य अतिथीहरुमा नेपाली काङ्ग्रेस पाँचथरका सभापती रुपनारायण जवेगु,पूर्व सभापती नरेन्द्रकुमार केरुङ तथा पाँचथरका फिदिम नगरपालिकाको मेयर मित्रप्रसाद काफ्ले,हिलिहाङ गाँउपालिकाको अध्यक्ष समरबहादुर अधिकारी,फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङदेम्बे तथा तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्का एवम् पाँचथर जिल्ला समन्वय समितीको प्रमुख रामराज आङ्देम्बे हुनुहुन्थ्यो ।

प्रदेश महिला उपाध्यक्ष रामकुमारी भण्डारीद्वारा स्वागत मन्तब्य व्यक्त गरिएको सो प्रतिनिधी सभालाई सम्बोधन गर्दै अतिथी तथा पाँचथर सभापती रुपनारायण जवेगुले नेपाली काङ्ग्रेसले सधै शिक्षकहरुको मागलाई सम्बोधन् गर्ने बताउनुभयो भने नरेन्द्रकुमार केरुङले शिक्षकहरु समाजका ज्ञानका संम्बाहक भएको बताउनुभयो ।

सो प्रतिनिधी सभालाई सम्बोधन् गर्ने क्रममा हिलिहाङ गाँउपालिकाको अध्यक्ष समर बहादुर अधिकारीले गाँउपालिकाले सदैव शिक्षकहरुको पक्षमा काम गर्ने बताउनु भयो भने फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङ्देम्बेले भने संघिय शिक्षा ऐनले काम गर्न सहज नभएकोले सो ऐन फिर्ता गर्नुपर्ने बताउनुभयो ।

उता तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्काले भने शिक्षकहरुले कक्षाकोठामा आफूलाई अब्बल राख्नुपर्ने बताउदा जिसस प्रमुख रामराज आङ्देम्बेले भने आफूपनि पूर्व शिक्षक भएकोले शिक्षकहरुको हितमा काम गर्ने बताउनु भयो ।

सो प्रतिनिधी सभालाई सम्बोधन गर्ने क्रममा संगठन विभाग प्रमुख ज्ञानेन्द्र बहादुर रावलले शिक्षक संघमा कुनै प्रकारको गुट नहुने किनभने शिक्षकहरुको एउटै मात्र गुट भनेको कक्षा कोठा र पेशा रहेको बताउनु भयो ।

“गुट भनेको पार्टीमा मात्रै हुन्छ,काङ्ग्रेसको नेताले मात्रै गुटको प्रमाणपत्र बाड्ने गर्छ,यो मेरो गुट हो,यो तेरो गुटको भन्ने हुन्छ।”उहाँले थप्नु भयो -“हाम्रो पेशा हाम्रो गुट र हाम्रो एकमात्र नेता सोमनाथ गिरी हो । हामीमा कुनै मतभेद छैन यदि मतभेद भेट्टाएमा सजाय भोग्न तयार छु ।”

उहाँले पार्टीले गुट उपगुट बनाएर हामीलाई कमजोर बनाएको जिकीर गर्नुभयो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ११ : ४३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु