काठमाडाै/नेपाली इतिहास लेखनमा स्याहामाेहर, लालमाेहर ,ताम्रपत्र ,रुक्कापत्र सनदसवालकाे अत्यन्तै महत्व रहेकाे छ। लिखित दस्तावेजकाे जिउदाेजाग्दाे साक्षीकाे रुपमा राजामहाराजाहरुकाे सहिछाप भएकाे सरकारी कागजात श्रेस्ताहरुलाई स्याहामाेहर, लालमाहर भनिन्छ। कालाे मसिकाे छाप लागेकाे सेन राजाहरुले गरिदिएकाे सरकारी कागजलाई स्याहामाेहर भनिन्छ भने शाह राजा तथा राणााहरुले गरिदिएकाे राताे छाप भएकाे सरकारी कागजलाई लालमाेहर भनिन्छ।लालमाेहर प्रसस्तै पाइएतापनि सेन राजाहरुकाे कालाे…