१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर क मा एउटै माेर्चाका याेद्धाहरुकाे भिडन्त,जवेगु भन्डारीभन्दा सुरक्षित



फिदिम/ कुनै समय एकै माेर्चामा,संगठनमा काम गर्नु भएका पाँचथरका दुई नेताहरु फेरि एकपटक आमनेसामने भएका छन् । यहि मंसिर ४गते हुने प्रदेश सभा सदस्य पदकाे निर्वाचनमा फरक पार्टी ,नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबाट चुनाव लड्दै हुनुहुन्छ । नेकपा एमालेकाे जिल्ला अधिवेशन चलिरहदा जिल्ला अध्यक्षकाे निम्ति भिडेका र प्रतिनिधिहरुलाई मत मागिरहेको फालेलुङका कमलप्रसाद जवेगु र फिदिमका राजकुमार भन्डारीकाे भिडन्त हाे याे। तर आज समयले कित्ताकाट गरिदिएकाे छ।दुवैजना अध्यक्षनै हुनुहुन्छ ,नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका।हिजाे झिनाे मतान्तरबाट नेकपा एमालेका जिल्ला अध्यक्षमा विजयी भन्डारीलाई आज त्याे अवस्था छैन,साथमा छैनन् हिजाेकाे टिवेन्द्रराज चापागाईं,गेहनाथ रिजाल,मनरथ चापागाईं लगायतका शिक्षक संगठनका साथीहरू र भर्खरै मात्र हिलिहाङका गाउँपालिका कमिटी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य,पूर्व हिलिहाङ-३का वडाध्यक्ष मदन गौतमले नेकपा एमाले छाडीसके।

उता जवेगुलाई साथ छ लाेकतान्त्रिक वाम गठबन्धनका दलहरुकाे तर डर छ २०७४ सालकाे स्थानीय निर्वाचनमा फालेलुङ गाँउपालिकाकाे अध्यक्षमा आफैलाई हराएको बागी उम्मेदवार सन्चकुमार केरुङकाे।

गत बैैशाखकाे स्थानिय निकायकाे निर्वाचनको वडाध्यक्षहरुले पाएकाे मतकाे विश्लेषण गर्दा जवेगु भन्डारी भन्दा ४,२९१ मतले अघि हुनुहुन्छ। साे निर्वाचनमा गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरुले २१,७५२ मत ल्याउदा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले १७,४६१ मत पाउनुभयाे। हिलिहाङ गाउँपालिकामा मात्र भन्डारी जवेगुभन्दा अघि हुनुहुन्छ।प्रदेश सभा क का ३२वटा वडाहरुमध्ये भन्डारी ९ वटा वडामा र जवेगु २१ वटा वडामा अग्रता हुनुहुन्छ।२वडामा राप्रपाका उम्मेदवार निर्वाचित हुनुहुन्छ ।

याङवरकका ६ वटा वडाहरुमा समान ३,३वडाहरुमा दुवैकाे अग्रता भएता पनि समग्रमा गठबन्धनका नेपाली काङ्ग्रेसको वडाध्यक्षहरुले ४,१७५ मत ल्याउदा एमालेका वडाध्यक्षहरुले ३,९७८ मत ल्याएका छन्।

उता हिलिहाङमा नेपाली काङ्ग्रेस र एकीकृत समाजवादीका ३बडाध्यक्षहरु र एमालेका ४ वडाध्यक्षहरु छन्। साे पालिकामा एमालेका उम्मेदवारहरुले ४,६१५ मत ल्याउदा गठबन्धनका उम्मेदवारहरुले ४,३९८ मत ल्याउनु भएकाे छ।

फालेलुङका ८ वटै वडाहरुमा गठबन्धनका वडाध्यक्षहरु निर्वाचित हुनुहुन्छ। साे पालिकामा गठबन्धनका वडाध्यक्षहरुले ५,९२० मत ल्याउदा एमालेका उम्मेदवारहरुले २,९२४ मत ल्याउनु भएकाे छ।हुनत गठबन्धनको मत एमालेकाे भन्दा दाेब्बर भएता पनि बागी उम्मेदवार पनि यहि पालिकाकाे भएकाेले मत बाडिने सम्भावनालाई नकार्न सकिन्न।

फिदिम नगरपालिकाकाे ११ वडाहरुमा ५ गठबन्धनका वडाध्यक्षहरु,४ एमाले र २राप्रपाकाे वडाध्यक्षहरु निर्वाचित हुनुभएको छ। नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले ७,२५९ मत ल्याउदा एमालेकाे ५,९४४ मत पाएकाे छ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : ३२ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा