३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एमाले अध्यक्ष ओली भन्छन् “सिमली डाक्लाकाे छेस्काे हाे, नेकपा एकीकृत समाजवादी “



दमक,नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलीले नेकपा एकिकृत समाजवादीलाई सिमली डाक्लाकाे छेस्का हाे भन्नू भएकाे छ।हालै दमकमा सम्पन्न चुनावी कार्यक्रममा बाेल्दै नेकपा एमालेकाे विजयलाई नेकपाएकिकृत समाजवादी भन्ने सिमलीकाे डाक्लाकाे छेस्काेले नराेक्ने बताउनुभयो ।

बिपक्षीलाई गाली गर्नमा अधिकांश समय खर्चिनु भएकाे ओलिले एमालेले १५० सिट जित्ने ठाेकुवा गर्दा कार्यकर्ताहरु जिल्ल परेका थिए किनभने एमालेले १३९ सिटमा मात्र उम्मेदवारी दिएकाे छ।

१४१ सिटमा उम्मेदवारी दिएकाे राप्रपाकाे खुलेरै प्रशंसा गर्दै संसदमा तेस्राे ठूलो दल बन्ने र जसपा चौथाे दल हुने भन्दै लाेसपाहरु हराएर जाने चर्चा गर्नु भयाे।

“नेकपा एकिकृत समाजवादी भनेकाे सिमलीकाे डाक्लाकाे छेस्काे हाे, हाम्रो अभियानलाई राेक्न सक्दैन”ओलिले भन्नू भयाे “याे देशमा प्रतिष्पर्धामा दुई पार्टी मात्र रहनेछन् “।ओलिकाे संकेत नेपाली काङ्ग्रेस तिर थियाे।

झापा-५मा गठबन्धनका उम्मेदवारकाे रुपमा नेपाली काङ्ग्रेसको उम्मेदवार डा.खगेन्द्र पाण्डब अधिकारी पुन:एकपटक ओलिसंग प्रतिष्पर्धामा हुनुहुन्छ।युवा उम्मेदवार तथा गठबन्धनको साथ अनि एमालेकाे विभाजनको कारण ओलि र अधिकारीकाे भिडन्त देशभरिकै हेर्नलायक भिडन्त हुने ठहर छ।

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ४२ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।