३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एमाले अध्यक्ष ओली भन्छन् “सिमली डाक्लाकाे छेस्काे हाे, नेकपा एकीकृत समाजवादी “



दमक,नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलीले नेकपा एकिकृत समाजवादीलाई सिमली डाक्लाकाे छेस्का हाे भन्नू भएकाे छ।हालै दमकमा सम्पन्न चुनावी कार्यक्रममा बाेल्दै नेकपा एमालेकाे विजयलाई नेकपाएकिकृत समाजवादी भन्ने सिमलीकाे डाक्लाकाे छेस्काेले नराेक्ने बताउनुभयो ।

बिपक्षीलाई गाली गर्नमा अधिकांश समय खर्चिनु भएकाे ओलिले एमालेले १५० सिट जित्ने ठाेकुवा गर्दा कार्यकर्ताहरु जिल्ल परेका थिए किनभने एमालेले १३९ सिटमा मात्र उम्मेदवारी दिएकाे छ।

१४१ सिटमा उम्मेदवारी दिएकाे राप्रपाकाे खुलेरै प्रशंसा गर्दै संसदमा तेस्राे ठूलो दल बन्ने र जसपा चौथाे दल हुने भन्दै लाेसपाहरु हराएर जाने चर्चा गर्नु भयाे।

“नेकपा एकिकृत समाजवादी भनेकाे सिमलीकाे डाक्लाकाे छेस्काे हाे, हाम्रो अभियानलाई राेक्न सक्दैन”ओलिले भन्नू भयाे “याे देशमा प्रतिष्पर्धामा दुई पार्टी मात्र रहनेछन् “।ओलिकाे संकेत नेपाली काङ्ग्रेस तिर थियाे।

झापा-५मा गठबन्धनका उम्मेदवारकाे रुपमा नेपाली काङ्ग्रेसको उम्मेदवार डा.खगेन्द्र पाण्डब अधिकारी पुन:एकपटक ओलिसंग प्रतिष्पर्धामा हुनुहुन्छ।युवा उम्मेदवार तथा गठबन्धनको साथ अनि एमालेकाे विभाजनको कारण ओलि र अधिकारीकाे भिडन्त देशभरिकै हेर्नलायक भिडन्त हुने ठहर छ।

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ४२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु