४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रा.डा.दिलिप याेङहाङ विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानकाे उपकुलपति

काठमाडौं,प्रा.डा.दिलिप याेङहाङ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान(नास्ट)काे उपकुलपतिमा नियुक्ति हुनुभएको छ। विज्ञान तथा प्रविधि मन्त्रालयले डा.दिलिप याेङहाङलाई उपकुलपतिमा नियुक्ति गरेकाे हाे। लामाे समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको प्रा.डा.दिलिप याेङहाङ धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा क्याम्पस प्रमुख हुनुहुन्थ्यो।ईलाम जन्मस्थान भएकाे प्रा.डा.याेङहाङ हाल सपरिवार ललितपुरमा बसाेवास गर्नुहुन्छ ।