काठमाडौ,नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा संविधान सभा सदस्य भिष्मराज आङ्देम्बेले आर्थिक वर्ष २०८०/८१को बजेटमा गृहजिल्ला पाँचथरमा अर्वौ बढिको वजेट विभिन्न १०४ योजनामार्फत भित्र्याउन सफल हुनुभएको छ। यसबाट चुनावमा झिनो मतान्तरबाट पराजय भएतापनि पाँचथरको विकासमा आफूलाई समर्पण गरेको प्रष्ट्याउनु भएको छ ।
सबैभन्दा बढि फिदिम नगरपालिकामा दुई दर्जन वढि योजना,तुम्वेवा गाँउपालिकामा र फालेलुङ गाँउपालिका तथा फाल्गुनन्द गाँउपालिका प्रत्येकमा डेढ दर्जन भन्दा बढी योजनाहरु ,मिक्लाजुङ तथा कुम्मायक र हिलिहाङ गाँउपालिकामा पनि योजनाहरु छन् भने याङवरक गाँउपालिकामा सिरिसे सामुदायिक भवन र वडा नं २ को साँगापोखरी पूर्वाधारमा १/१ करोड बढिकाे बजेट सहित दर्जनौ याेजनाहरु छन्। वडा नं ६ मा मात्र कालोपानी हिलिहाङ गेट लगायत,गणेश चोक कावेली चाक्सीबोटे सडक छन्।
“पाँचथरलाई विकसित र समृद्ध बनाउने मेरो स्वार्थ हो” सहमहामन्त्री भिष्मराज आङ्देम्बेले थप्नुभयो”यो तमाम पाँचथरबासीहरुको साझा चाहना हो र त्यो सम्बोधन गराउनु मेरो दायित्व हो ।”
हेर्नुहोस् पाँचथरमा पालिकागतरुपमा विनियोजित रकमहरु
प्रतिक्रिया