जाेरपाेखरी,पाँचथरकाे हिलिहाङ गाउँपालिका वडा नं ६ भारापामा स्थानिय सराेकारवालाहरुलाई खानेपानीको पाइप वितरण गरिने भएको छ। हिलिहाङ गाउँपालिका वडा नं ६ वडा कार्यालयले एक सुचना जारी गर्दै सराेकारवालाहरुलाई आवश्यक कागजातसहित वडाकार्यालयका निवेदन दिन र निवदनपछि पाईप वितरण गरिने जनाएको हाे। यसभन्दा अघि पाईप प्राप्त गरिसकेकाे सराेकारवालाहरुलाई पाईप वितरण नगरिने समेत साे सुचनामा जनाइएको छ।