१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिन्धुलीको विपि राजमार्गमा स्कार्पियो सुनकोशीमा खस्यो,तिन जना बेपत्ताको पहिचान खुल्यो



काठमाडौं,सिन्धुलीस्थित विपि राजमार्गमा आज ११ बजे स्कार्पियो सुनकोशीमा खस्दा तिनजना बेपत्ता भएका छन्। सिन्धुलीको घुर्मी खुर्कोट खन्डको गोलन्जोर गाँउपालिका वडा नं ७ लौकुन नभघाट सडकबाट गाडी एक सय पचास मिटर तल सुनकोशी नदिमा खसेको सिन्धुली प्रहरीले जनाएको छ ।

बिएबी ७४६७ नम्बरको स्कारपियो गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीइभिटी का दुइ निर्देशकसहित तिनजना र चालकसहित चारजना सवार थिए । तनहुँ भानु नगरपालिका-९ का सिटीइभिटीका कार्यालय प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी,नवलपुर प्रगती नगरपालिका-७ का योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फाकफोकथुम-५ का विद्युत प्रशिक्षक भानु पौडेल तिनजना सुनकोशी नदिमा बेपत्ता भएको तथा दाङ राप्ती गाँउपालिका-६ का ३१ वर्षिय चालक कृष्ण चौधरी पौडिएर नदिबाट बाहिर निस्केको र मुख तथा हातमा चोट लागेको उनको शुभजिवन अु्स्पताल खुर्कोटमा उपचार भैरहेको बताइएको छ ।

राजधानीबाट खोटाङ गइरहेको सो सरकारी गाडी दुर्घटनामा परेको र बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ३ : ३४ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा