६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थामा लोकतान्त्रिकका मेघराज बाास्तोला भारी मतान्तरसहित विजयी



विर्तामोड,विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हिजो सम्पन्न अधिवेशनबाट लोकतान्त्रिक राष्ट्रवादी समूहका मेघराज बाँस्तोलाको प्यानलै विजयी भएको छ ।

आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा बाँस्तोलाले २ हजार ४६६ मत प्राप्त गर्नुहुँदा स्वतन्त्र प्रगतिशिल समूहका देवेन्द्र सिटौलाले ८७६ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष सचिव र कोषाध्यक्षमा पनि बाँस्तोला समूहकै शैलेन्द्र सिटौला,पारसमणि मैनाली र शारदा रिजाल क्रमश: २ हजार २८,२ हजार ३४४ र १ हजार ५२१ मतसहित विजयी बन्नु हुँदा सिटौला समूहका प्रदिप खरेल,विष्णुप्रसाद चुडाल र विनिताकुमारी राजवंशीले १ हजार १४४,७९० र ५८८ मत प्राप्त गर्नुभयो ।

खुल्ला तथा महिला सदस्यमा पनि बाँस्तोला समूहकै आनन्द गुरुङ,खगेन्द्रकुमार थापा तथा मायादेवि प्रधान,बालादेवि खरेल तथा कमला अग्रवाल क्रमश: १ हजार ८१६,१ हजार ५९६ तथा १ हजार ९१४,१ हजार ८७६ र १ हजार ८४४ मतसहित विजयी बन्नुभयो भने सिटौलासमूहका छत्र बहादुर श्रेष्ठ, सुनिल शिवाकोटी तथा तारादेवि राई,पुनम अधिकारी लिम्बु र खगमाया सिलवालले ८८०,७०७,९९३,९८४ र ९३३ मत प्राप्त गर्नुभएको बताइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ७ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज