हिलिहाङ,हिजाे राती आएकाे वर्षा र वाढीले हिलिहाङ गाउँपालिकामा ३ जनाकाे सहित ६ जनाकाे निधन हुनुकाे साथै मेची राजमार्गको माेटरेवल पक्की पुल, हाेटललगायतका संरचना बगाउदा कराेडौकाे क्षति पुर्याएकाे छ।
हेवा खाेलामा आएको बाढीले बगाउदा हिलिहाङ-७ का ४५ वर्षिय तिलकुमार तामाङ, हिलिहाङ-७ कै वर्ष २८ काे आशिष माझी र उनकाे श्रीमती २५ वर्षिया एलिषा माझीको मृत्यु भएकाे प्रहरीले जनाएको छ। तामाङ माउन्टेन “बि” हाइड्रोपावरमा सेक्युरिटी गार्ड तथा माझी दम्पती वाेतल हाउस हाेटल सन्चालक थिए।
यसरी नै बाढिबाट फिदिम-११ का २८ वर्षिय संजाेग लिम्बू र फिदिम-५ का ५५ वर्षिय राजकुमार राई र पहिराेबाट फालेलुङ-३ मा ७ वर्षिया जुना सावदेनकाे समेत मृत्यु भएकाे छ।लिम्बू हाईड्राेपावरमा सेक्युरिटी गार्ड र राई गिट्टी कुट्ने काम गर्दथे भने सावदेन मामाघरमा बसेर पढ्थिन ।
बाढीले मेची राजमार्गको हेवा खाेलाकाे पक्की पुल र माउन्टेन हाईड्राे ए र बी जाेड्ने पक्कि पुल समेत बगाएपछि पाँचथर ,ताप्लेजुङ र तराईको सम्बन्ध विच्छेद गराएकाे छ। तमाेर करिडोरकाे बेलीब्रिज,फालेलुङ गाँउपालिका ३ र ७ जाेड्ने २ वटा हेवाखाेलाकाे पक्की पुल समेत बाढिले बगाएपछि सदरमुकाम लगायत तराईसंगकाे यातायात विच्छेद भएकाे छ।
उता याङवरक-४ र ताप्लेजुङको सिदिङ्वा-४ जाेड्ने पक्की पुल र मध्य पहाडी राजमार्गमा पर्ने याङवरक-२ काे दाेभाने पक्की पुल बगाएपछि ताप्लेजुङ र याङवरककाे यातायात ठप्प भएकाे छ ।
याङवरक-२ काे बेशीघाट नाम्ब्रेक झाेलुङ्गे पुल,याङवरक-१ काे ठिङ्गेपुर झाेलुङ्गे पुल,काेठेसागु झाेलुङ्गे पुल,पेरुङ्गे झाेलुङ्गे पुल,एकराते झाेलुङ्गे पुल समेत बगाएको छ भने फालेलुङ-३ र ५ काे सिमानामा पर्ने हेवाखाेलाकाे झाेलुङ्गे पुलसमेत बगाएको छ।
याङवरक-२ काे घनप्रसाद राईकाे टिनकाे छानाे भएको १ तले घर, साेहि ठाउँको रामचन्द्र बेघाकाे २ तले टिनकाे छानाे भएकाे घर,साेहि ठाउँको कृष्ण बेघाकाे एकतले टिनकाे छानाे भएको घर,फिदिम-४ काे रेशम कटुवालकाे २ तले घर र मतान तथा फिदिम-४ माझिटारकै शहरध्वज आङ्देम्बेकाे २ तले घर मतान तथा बाख्रा र सुंगुरकाे खाेर समेत बगाएको छ।
फिदिम-११ काे १४ मेगावाटकाे माउन्टेन हाईड्राे बि र फिदिम-१० काे २५ मेगावाटको माउन्टेन हाइड्रो ए समेत पूर्णरुपले क्षतिग्रस्त बनाएकाे छ। उता याङवरक-४ मा रहेकाे राइराङ हाइड्राेकाे ड्याम समेत बगाएको छ।
प्रतिक्रिया