पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं -४,कोदेपामा आज आगलागी हुँदा एक घर र केही टहराहरु जलेर नष्ट भएको छ। आज दिउसो अचानक जङ्गलबाटआएको डढेलोबाट स्थानिय देउकुमार तामाङको घर र टहरा अनि कटेरोहरु जल्दा लाखौंको धनमाल जलेर क्षति भएको बताइएको छ। पछि स्थानियहरुको सहयोगमा आगो निभाइएको थियो।