१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङका विरामी आइन्द्र योङहाङलाई कोरियाबाट सहयोग रकम प्रदान



विर्तामोड, ब्रेनह्यमेरेज भएका हिलिहाङ-४,हस्तपुर निवासी त्रिपन्न बर्षिय आइन्द्र कुमार योङहाङलाई कोरियामा रहेका नेपालीहरु लगायत नेपालमा नै रहेका नेपालीहरुले रु त्रिहत्तर  हजार एक सय आर्थिक सहयोग गरेका छन् । हिलिहाङ गाँउपालिका भवन निर्माणको लागी नि:शुल्क जग्गा प्रदान गर्नुहुने उहाँ जग्गादाता समेत हुनुहुन्थ्यो ।

कोरियामा रहनुहुने हिलिहाङ-४,ताँबेधारा निवासी सरोज योङहाङको विशेष पहलमा सो सहयोग रकम संकलन गरिएको थियो । सो सहयोग रकम  एक कार्यक्रममा अष्ठाङ्ग थेरापी विर्तामोडमा किराँत योङहाङ कुलवंश प्रतिष्ठानको केन्द्रिय अध्यक्ष धनराज योङहाङ र लेखा समिती संयोजक तथा नेपाल शिक्षक संघ झापाको सह-सचिव मनकुमार योङहाङले संयुक्त रूपमा उहाँको श्रीमती शान्ता नेम्बाङलाई हस्तान्तरण गर्नुभयो। सो हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य पदका उम्मेद्वार हिलिहाङ-४ हस्तपुरका लिम्बुवानी नेता दिलीप योङहाङ र साम्रे आधारभूत विद्यालयका प्रधानाध्यापक दिपेन्द्र योङहाङ पनि उपस्थित हुनु हुन्थ्यो । अध्यक्ष र लेखा समिती संयोजक लगायत भद्रपुरका मनराज योङहाङले पनि थप रकम सहयोग गर्नुभएको थियो ।

फिदिमस्थित सानिमा हाइड्रोको कर्मचारी आइन्द्रकुमार योङहाङ गत पौष २१ गते अचानक मष्तिष्कघातबाट पिडीत हुनुभएको थियो । अत्यन्त महँगो टाउकोको गम्भिर शल्यक्रिया गर्नुपरेको र लामो अस्पताल बसाइको कारण आर्थिक अभावको कारण उहाँको जीवन बचाउनको लागि अभियान सन्चालन गरिएको थियो ।

उक्त सहयोग रकममा सहयोगदाताहरुप्रति हार्दिक धन्यवाद र आइन्द्रकुमार योङहाङको शिघ्र स्वास्थ्यलाभको कामना हिलिहाङ डटकम परिवार गर्दछौं ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  २ : १२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र