१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङका विरामी आइन्द्र योङहाङलाई कोरियाबाट सहयोग रकम प्रदान



विर्तामोड, ब्रेनह्यमेरेज भएका हिलिहाङ-४,हस्तपुर निवासी त्रिपन्न बर्षिय आइन्द्र कुमार योङहाङलाई कोरियामा रहेका नेपालीहरु लगायत नेपालमा नै रहेका नेपालीहरुले रु त्रिहत्तर  हजार एक सय आर्थिक सहयोग गरेका छन् । हिलिहाङ गाँउपालिका भवन निर्माणको लागी नि:शुल्क जग्गा प्रदान गर्नुहुने उहाँ जग्गादाता समेत हुनुहुन्थ्यो ।

कोरियामा रहनुहुने हिलिहाङ-४,ताँबेधारा निवासी सरोज योङहाङको विशेष पहलमा सो सहयोग रकम संकलन गरिएको थियो । सो सहयोग रकम  एक कार्यक्रममा अष्ठाङ्ग थेरापी विर्तामोडमा किराँत योङहाङ कुलवंश प्रतिष्ठानको केन्द्रिय अध्यक्ष धनराज योङहाङ र लेखा समिती संयोजक तथा नेपाल शिक्षक संघ झापाको सह-सचिव मनकुमार योङहाङले संयुक्त रूपमा उहाँको श्रीमती शान्ता नेम्बाङलाई हस्तान्तरण गर्नुभयो। सो हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य पदका उम्मेद्वार हिलिहाङ-४ हस्तपुरका लिम्बुवानी नेता दिलीप योङहाङ र साम्रे आधारभूत विद्यालयका प्रधानाध्यापक दिपेन्द्र योङहाङ पनि उपस्थित हुनु हुन्थ्यो । अध्यक्ष र लेखा समिती संयोजक लगायत भद्रपुरका मनराज योङहाङले पनि थप रकम सहयोग गर्नुभएको थियो ।

फिदिमस्थित सानिमा हाइड्रोको कर्मचारी आइन्द्रकुमार योङहाङ गत पौष २१ गते अचानक मष्तिष्कघातबाट पिडीत हुनुभएको थियो । अत्यन्त महँगो टाउकोको गम्भिर शल्यक्रिया गर्नुपरेको र लामो अस्पताल बसाइको कारण आर्थिक अभावको कारण उहाँको जीवन बचाउनको लागि अभियान सन्चालन गरिएको थियो ।

उक्त सहयोग रकममा सहयोगदाताहरुप्रति हार्दिक धन्यवाद र आइन्द्रकुमार योङहाङको शिघ्र स्वास्थ्यलाभको कामना हिलिहाङ डटकम परिवार गर्दछौं ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  २ : १२ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका