काठमाडौं, अर्जेन्टिना कोपा अमेरिका फुटबल च्याम्पियन बनेको छ । किर्तिमानी सोह्रौ पटक च्याम्पियन बन्ने क्रममा कोलम्बियालाई १-० ले हरायो । हार्ड रक स्टेडियम,मियामी अमेरिकामा सम्पन्न फाइनलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको खेलमा थपिएको अतिरिक्त समयको ११२ मिनेटमा अर्जेन्टिनाको लागि २६ वर्षिय इन्टर मिलानका स्ट्राइकर लाटुरो मार्टिनेजले गोल गरे । कुल पाँच गोल गरेका…